२०७८ असार १७ मा स्थापना गरिएको यस पुस्तकालयमा १८५० थान पुस्तकहरू तथा बालसामग्रीहरू व्यवस्थित रूपमा संग्रहित छन्। पुस्तकालयमा रहेका पुस्तकहरू विभिन्न विषयगत ज्ञान, साहित्य, विज्ञान, गणित, इतिहास, तथा सामान्य ज्ञान सम्बन्धी रहेका छन्, जसले विद्यार्थीहरूलाई अध्ययन, अनुसन्धान, र सिर्जनात्मक सोच विकास गर्न सहयोग पुर्याउँछ। साथै, बालसामग्रीहरू (चित्रकथा, ज्ञानविज्ञानका पुस्तकहरू, कथाहरू आदि) साना कक्षाका विद्यार्थीहरूका लागि विशेषरूपमा उपलब्ध गराइएको छ, जसले उनीहरूमा पढ्ने रुचि जागरूक गराउने उद्देश्य राख्छ।
पुस्तकालयमा र्याकसहित पुस्तकहरूको उचित व्यवस्थापन गरिएको छ, जसले पुस्तक खोज्न तथा अध्ययन गर्न सहज वातावरण सिर्जना गरेको छ। विद्यालयले पुस्तकालयलाई ज्ञानको भण्डार तथा सीप विकास केन्द्रका रूपमा प्रवद्र्धन गरिरहेको छ, जसले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई अझ सशक्त बनाउन मद्दत गर्नेछ।