यो विद्यालय देखतभूली गाविस वडा नं १ स्थित ढक्का राधाकृष्णपुर भन्ने गाँउमा स्थानिय शिक्षा प्रेमी र समाज सेवी अभिभावक ज्यूहरुको सहयोग र श्री नारायणदत्त भट्ट को नेतृत्वमा सबै गाँउलेहरु मिलेर २०३८ साल माघ १० गते उक्त गाँउको बिचमा खुल्ला मैदानमा एउटा सानो झोपडी निर्माण गरी विद्यालय स्थापना गरी श्री सरस्वती प्राथमिक विद्यालय नामाकरण साथ कक्षा १ को पठन पाठन सञ्चालन गरियो । शिक्षक श्री राम सिं भन्डारी र ब्यवस्थापनमा श्री नारायणदत्त भट्ट ज्यूको संयूक्त नेतृत्वमा संचालन उक्त विद्यालयलाई २०४१ साल चैत्र १५ गते जिल्ला शिक्षा कार्यालय बाट कक्षा १ को अनुमती प्राप्त भयो भने २०४२ साल चैत्र २४ गते एउटा दर बन्दी सहित कक्षा २ को स्विकृत प्रदान गरियो । यसरी क्रमिक रुपमा अनूमति प्राप्त गरि २०४५ साल चैत्र ९ गते कक्षा ४ र ५ को अनूमति प्राप्त गरि यो विद्यालय कक्षा १ देखी कक्षा ५ सम्म सञ्चालन भई निरन्तर पठन पाठन कार्य चल्दै आएको थियो । २०५८ सालको आरक्ष विस्तार कार्यक्रम अन्तर्गत यो विद्यालय सो उक्त ठाउँबाट बिस्थापित हुन पूग्यो र उक्त ढक्का बस्ती सँगै बसाई सराई भई २०५९ सालमा कालिका गाविस वडा नं.९ अन्तर्गत कटान क्षेत्रमा अध्यक्ष श्री भज्जन राना ज्यू र शिक्षक मेशर राना हरुले कालिका गाविस बाट अनुमति लिएर उक्त ठाँउंमा श्री गणेश प्रा.वि. नामाकरण गरि कक्षा ज्ञ देखि कक्षा ३ सम्म पठन पाठन गरिहेको स्थानमा आईपुग्यो ।
हाम्रो यस श्री सरस्वती आधारभुत विद्यालय ले विशेष गरेर वाल केन्द्रित शैक्षिक रानिति,शिक्षक कर्मचारी, प्र.अ., वि.व्या.स., PTA र अभिभावकहरुको एकरुपता साथै विद्यालयको ऐतिहासिक,सामाजिक,भौतिक,आर्थीक र शैक्षिक पक्षको विस्तृत जानकारीका साथै आगामि वर्षमा शैक्षिक सुधार का लागि विभिन्न प्रयासहरु गरिएका छन । दैनिक रुपमा विद्यार्थीहरुको हाजिरी, शिक्षक कर्मचारीको ई हाजिरी लगायत स्वास्थ्य तथा अन्य क्रियाकलापमा सहभागी हुनेगरि कार्यक्रमहरु राखिएका छन । विद्यार्थीहरुको औषत उपलब्धि बढाउन शैक्षिक रणनितिहरु समेत समावेश गरिएका छन जस्ले गर्दा विद्यार्थीहरुको गूणस्तर वृद्धि हुने अपेक्षा राखिएको छ । विद्यालयको भौतिक सुधार का लागि आवश्यक बजेट तर्जुमाको लागि विभिन्न सरोकारवाला निकाय संग समन्वय राखी भौतिक पूर्वाधारको परिपु्र्ती हुनेमा विश्वस्त रहेका छु । विभिन्न लक्ष्य हासिल गर्नका लागि विव्यस,शिक्षक,शिअस र अभिभावकहरुको मुख्य भूमिका रहने गरि कार्यक्रम निर्धारण गरिएको छ ।
थप पढ्नुहोस् →
श्री लाल बहादुर शाही
प्रधानाध्यापक
९८४८८२०९३३
अध्यक्षबाट सन्देश
विद्यालय शिक्षामा पहुच सुनिश्चित गर्न ,गुणस्तर अभिवृद्धि गर्न एवम् संस्थागत सक्षमताको अभिवृद्धि गर्न नेपाल सरकारले शिक्षा क्षेत्रमा विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको अवस्थामा नेपालको संविधान २०७२ अनूसार राज्यको पुनसंरचना,विद्यालय सुधार योजना लगाएतको परिवर्तित सन्दर्भका साथ विद्यालय शिक्षामा गरिएका योजनाबद्ध प्रयासहरुको फलस्वरुप शैक्षिक पहुचमा उल्लेख्य हासिल भएकाले यस विद्यालयले पनि समायानूकूल विभिन्न पक्षमा फट्को मारेको देखिए पनि हाम्रो जनजाती समाजमा अझैपनि सामूदायिक विद्यालयहरु प्रति नकारात्मक सोच यथावत रहेको अवस्थामा विद्यालयले जनचेतना मुलक कार्यक्रम तथा सडकनाटक आदि सञ्चालन गरि शैक्षिक क्षेत्रमा अगाडी बढ्दै गएमा आगामी दिनहरुमा यो विद्यालयलाई माध्यमिक कक्षाहरु सञ्चालनको लक्ष्य राख्दै अघि बढ्ने बाचा सहित विद्यालयको उत्तरेउत्तर प्रगतिको शुभकामना छ ।
थप पढ्नुहोस् →
संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।