यो विद्यालयमा कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा न.१ स्थित ढक्का गणेशवस्ती भन्ने गाँउमा रहेको जनजाती राना थारु को बाक्लो वस्तिको विचमा अवस्थित छ । यस विद्यालको दक्षिण तर्फ बेलौरी धनगढी हुलाकी सडक, श्री कञ्चन न्यु ब्लुम फिल्ड एकेडेमी र श्री नव युग विद्या निकेतन पर्दछन भने उत्तर तर्फ नकटाबाबा शिव मन्दिर र कालेश्वर आधारभूत विद्यालय भकुण्डा का साथै पुर्व तर्फ श्री रामबुद्ध मा.वि. र श्री जनशक्ती आधारभूत आ.वि. बलभद्रवस्ती र पश्चिम तर्फ बेलौरी नगरपालिका अन्तरगत पर्र्ने श्री सरस्वती माध्यमीक विद्यालय वुटावरी रहेको छ । हाल आएर यस विद्यालमा ३ वटा लेण्टर सहितका पक्की भवन र ३ वटा कर्कट पाता भएका पक्की भवन गरि जम्मा ६ वटा भवन र १५ वटा कोठाहरु छन । जस्मा १ वटा कार्यालय,१वटा कम्प्युटर कोठा र ज्ञ वटा पुुस्तकालय रहेका छन । विद्यालयको हाता भित्र खेल्ने मैदान र उत्तरतिर पर्खाल र २ वटा मुख्य गेट रहेका छन । भौगोलीक दृष्टिकोणले यो विद्यालय दुर्गम छैन ।
विद्यालय रहेको समुदायको बनोट
यो विद्यालय पुनर्वास नगरपालिका वडा न.१ स्थित ढक्का, गणेशबस्ती गाउंमा अवस्थित छ । यो गाउमा जनजाती राना थारु र चौधरी को बाक्लो बस्ती छ । यहां विशेष गरी राना थारु बस्छन भने थारै मात्रामा अन्य जातका मानीसहरु बरोबास गर्दछन । यहंँको घरधुरी १५९० र जनसंख्या महिला ४४९३, पुरुष ४८१७ गरि जम्मा ९३१० रहेको छ । जस्मा वालवालीका देखि वृद्ध सम्म रहेका छन । यस वस्तिमा वसोवास गर्ने मानीसहरु अधिकांश गरिव,अशिक्षित र सामान्य स्तरका रहेका छन । होली,माघी,चराई,तिहार आदि यहां बस्ने राना थारु र चौधरी थारु का मुख्य चाडपर्वहरु हुन । यी जातीका मानीसहरु विभिन्न किसिमका रंग भएका वस्त्रहरु लगाउछन भने पहिलेको तुलनामा आज भोली यस समुदाएका मानीसहरुमा परिवर्तन आएको देखिन्छ । आर्थीक स्थिति बलियो बनाउन यस समुदायका मानीसहरु आजभोली वैदेशिक रोजगारमा समेत गएको देखिन्छन ।